बारा एमालेको अध्यक्षमा बिश्वकर्मा

597

14681794_1120140181411311_6238738944712398304_n

कलैया ८ कात्तिक । नेकपा (एमाले14610959_10208021034145638_943333196191493390_n) बाराको जिल्ला अधिवेशनबाट सुन्दर विश्वकर्मा अध्यक्ष निर्वाचित भएका छन । सोमवार विहान सार्वजनिक नतिजा अनुसार उनले रविन्द्रदास श्रेष्ठले ६५ मतान्तरले पछि पार्दै अध्यक्ष निर्वाचित भएका हुन ।

एक महिनाअघि कोल्वीमा उद्घघाटन भएर स्थ्गीत भएको अधिवेशनको बन्द सत्र आइतवार देखी कोल्वीमै शुरु भएको थियो । बन्द सत्रले राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्वको निर्वाचन गरेको हो । विश्व

क्रमश कृष्ण पौडेल,एम समिउल्लाह र मनोज पौडेल
क्रमश कृष्ण पौडेल,एम समिउल्लाह र मनोज पौडेल

कर्माले २३३ र श्रेष्ठले १५८ मत प्राप्त गरेका थिए । बिश्वकर्मा देशभरिमै नेकपा एमालेको जिल्ला अध्यक्ष निर्वाचित भएका एक मात्र दलित नेता हुन ।

नेकपा एमालेको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले प्यानल बनाएर प्रतिस्पर्धा नगर्ने भने पनि जिल्ला स्तरमा टीम बनाएर चुनाव लड्ने क्रम रोकिएको छैन । बारामा बरिष्ठ नेता माधव नेपालको पक्षधर रहेका बिश्वकर्माको अलग टिम र पार्टी अध्यक्ष के.पी.ओलीको पक्षधर रहेका रविन्द्र दास श्रेष्ठको अलग टिम चुनावी मैदानमा उत्रिएको थियो ।
अरु पदमा पनि विश्वकर्माकै टीमका नेताहरुले जितेका छन् ।
उपाध्यक्षमा देवनारायण चौधरीले २१९ र अद्यानन्द पाण्डेले १५८ र सचिवमा महम्मद समीउल्लाहले १९६ तथा बतहु यादवले १७२ मत प्राप्त गरेका थिए । बारामा यसअघि ओली पक्षधरको पकड रहँदै आएको थियो ।

७१ सदस्यीय नवनिर्वाचित जिल्ला कमिटीलाई दुई नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डलले बधाई तथा प्रमाणपत्र प्रदान गरेका थिए । दुई नम्बर प्रदेशमा सम्पन्न भएको एमालेको यो पहिलो जिल्ला अधिवेशन हो ।