रेडियो वीरगंजले धनबर्षाउने

88

वीरगंज ८ कार्तिक ।
मध्य तराईको पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले नेपालीहरुको चाड पर्वलाई मध्य नजर गर्दै दिपावलीको अवसरमा धनबर्षा कार्यक्रम संचालन गर्ने भएको छ । रेडियो वीरगंजको परिसरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले दिपावलीको अवसर पारेर आम श्रोताहरुलाई लक्षित गर्दैै आगामी कार्तिक १२ गते शुक्रवार “धनतेरस” का दिन रेडियो वीरगंजले धनबर्षा कार्यक्रम संचालन गर्न लागेको जानकारी दिए । सो दिन विहान १० बजे देखि बेलुका ६ बजे सम्म रेडियोद्वारा प्रसारित कार्यक्रममा टेलिफोन मार्फत सहभागिता जनाउने सवै श्रोताहरुलाई चांदीका सिक्का देखि , मोवाईल, रेडियो, घडी, मोवाइलको रिर्चाज काड, जग लगायतका सामग्रीहरु उपहार स्वरुप प्रदान गरिने जानकारी समेत साहले दिए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष श्याम बन्जरा, प्रेस युनियन पर्सा अध्यक्ष्ँ रामनारायण कुर्मी, सर्वराष्ट्रिय दैनिकका प्रधान सम्पादक महेशचन्द्र गौतमलगायतका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । धनबर्षा कार्यक्रममा फोन गर्ने श्रोताहरुले केहि न केहि अवश्य जित्ने र रित्तो हात कोही पनि फर्कन नपर्ने योजनाका साथ विगत ३ बर्ष देखि रेडियो वीरगंजले यो कार्यक्रम संचालन गर्दै आएको समेत साहले जानकारी गराएका थिए ।